पारस खड्काले क्यानको बाग्मती प्रदेश अध्यक्षमा उम्मेदवारी दिने

काठमाण्डौ – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट सङ्घ (क्यान) को बाग्मती प्रदेश अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

आज शुक्रवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै पारसले आफूले बाग्मती प्रदेशको अध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन् । बाग्मतीको चुनाव यही भदौ १५ गते हुँदैछ ।

यसैबीच बाग्मती प्रदेशका सदस्यता मान्यता प्राप्त जिल्ला काठमाण्डाै, भक्तपुर, ललितपुर र मकवानपुरले आज संयुक्त पत्रकार सम्मेलन गरेर पारसलाई सघाउने बताएका छन् । बाग्मती प्रदेशमा छ जिल्लाका २४ र बाग्मती वर्तमान कार्यसमितिका १३ गरी ३७ मत रहेको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को केन्द्रीय चुनाव आउँदो असोज पहिलाे हप्ता हुँदैछ ।