सोलुखुम्बु – भालुको आक्रमणबाट एक पुरुषको मुत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा भालुको आक्रमणबाट एक पुरुषको मुत्यु भएको छ । भालुको आक्रमणवाट महाकुलुङ गाउँपालिका १ खिरौलेका ५३ वर्षिय पेम्बा शेर्पाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी अनिल मिश्रले जानकारी दिए ।

शनिबार दिउँसो २ बजे मकै बारीमा जाँदा शेर्पालाई भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणबाट टाउको, पेट, छाती लगायतको भागमा गम्भिर चोट लागेका शेर्पाको महाकुलुङ प्राथमिक अस्पताल बुङमा उपचारको क्रममा मुत्यु भएको हो ।

भालुले मकैबालीमा क्षति पु¥याएको मकैको ढोर उठाउन जाने क्रममा बारीमै बसेको भालुले शेर्पालाई दिउँसै आक्रमण गरेको बताइएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।