सोलखुम्बु – एक पुरुष मृत अवस्थामा फेला

सोलुखुम्बु । सोलखुम्बुमा एक पुरुष मृत फेला परेका छन् । महाकुलुङ गाउपालिका १ का ४० वर्षीय सुजन राईलाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी अनिल मिश्रले जानकारी दिए ।

गत शनिबार घरबाट हिडेका राईलाई सोमबार दिउँसो करिब २ बजे महाकुलुङ १ को लिप्पो खोला छेउमा मृत अवस्थामा स्थानीयले फेला पारेका थिए । सोताङ अस्पतालमा पोस्टमार्टम गरेर शब आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।