सोलुखुम्बु – ४ कैदीको कैद मिनाहा

सोलुखुम्बु । संविधान दिवसका अवसरमा जिल्ला कारागार सोलुखुम्बुका ४ जना कैदीको कैद मिनाहा भएको छ । दिवसको अवसरमा जिल्ला कारागार सोलुखुम्बुको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी कैद मिनाहा गरेका हुन् ।

कैद मिनाहा पाउनेमा सोलुदुधकुण्ड नगरपालिका १ का पासाङ शेर्पा, थुलुङ दुधकोशी गाउँपालिका ८ का भुपेन्द्र राई, थुलुङ दुधकोशी गाउँपालिका ६ का राज कुमार राई र सोलुदुधकुण्ड नगरपालिका १० का ग्याल्जे शेर्पा रहेकाछन् ।

जिल्ला कारागार सोलुखुम्बुले ८ जनाको कैद मिनाहाका लागि सिफारिस गरेको भए पनि ४ जनाको मात्रै कैद मिनाहा भएको जिल्ला कारागार सोलुखुम्बुका निमित्त जेलर केशव धामीले जानकारी दिए ।

आज संविधान दिवसको अवसरमा सोलुखुम्बुका ४ सहित देशभरका ६७० जना कैदीको कैद माफी मिनाहा भएको छ ।