माघ १४ देखि १८ गतेसम्म एकीकृत समाजवादीको महाधिवेशन

नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले आगामी माघ १४ देखि १८ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।

बिहीबार सम्पन्न बैठकले महाधिवेशनको अगावै युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

बैठकले यही भदौभित्र सबै जनवर्गीय सङ्गठनका अधिवेशन सम्पन्न गर्ने र आगामी असोजमा मेची महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।