प्रदेशका भ्रष्टाचार र अनियमितताको छानबिन गर्न आवश्यक – सांसद शेर्पा

सोलुखुम्बु । कोशी प्रदेश सांसद गोम्बु शेर्पाले प्रदेशमा भएका भ्रष्टाचार र अनियमितताको छानबिन गर्न माग गरेकाछन् । प्रदेश सभाको शून्य समयमा बोल्दै उनले केन्द्रीय सरकारले चलाएको भ्रष्टाचार र अनियमितताको अभियानलाई प्रदेशमा पनि तिव्रता दिनु पर्नेमा जोड दिए ।

पहिचानवादीसँग वार्ता गर्नका लागि अघिल्लो सरकारले वार्ता समिति गठन गरेपनि नयाँ सरकारले चासो नदिएको गुनासो गर्दै शेर्पाले सरकारले वार्ता समिति बनाउन ढिलाई गरेको भन्दै ढिलाई हुनुको कारणबारे जवाफ दिन माग गरे ।