सोलुखुम्बु  – सुतेकै अवस्थामा मृत फेला

सोलुखुम्बु । सोलुखुम्बुमा एक वृद्ध सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका छन् । सोताङ गाउँपालिका वडा नम्बर ४ का ६९ वर्षीय गोरे तामाङलाई सुतेकै अवस्थामा आज बिहानमा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारीले जानकारी दिए ।

सोही ठाउँका देवन सिंह राईको घरमा हिजो  बेलुका पाहुना गएका  तामाङ आज बिहान करिब ६ बजे मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ । घटनाका बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।