गार्मामा लाखे नाच प्रदर्शन 

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका ७ गार्मामा लाखे नाच प्रदर्शन गरिएको छ । दोर्पु नेवार समाज र गणेश गुठी संस्थाको सहकार्यमा लाखे नाच बुधबार  प्रदर्शन गरिएको हो र परम्परागत नेवारी संस्कृति संरक्षणका उद्देश्यका साथ लाखे नाच प्रदर्शन गरिएको दोर्पु नेवार समाजका कोषाध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए ।

दोर्पु नेवार समाजले सदरमुकाम सल्लेरी क्षेत्रमा हरेक वर्ष  लाखे नाच प्रदर्शन गर्दै आएको छ । आगामी दिनमा समेत दोर्पु नेवार समाज र गणेश गुठी संस्थाले आपसी समन्वयमा विभिन्न कार्यक्रम गर्ने श्रेष्ठले बताए । आज गार्मामा प्रदर्शन गरिएको लाखे नाच हेर्नका लागि स्थानीय बालबालिका  युवा तथा वृद्धवृद्धाहरूको भिड लागेको थियो ।