सेभेन समिट फाउण्डेसनको १२ औँ साधारण सभा सम्पन्न

सेभेन समिट फाउण्डेसनको १२ औँ साधारण सभाले नयाँ सदस्यहरूलाई फाउण्डेसनमा नियुक्त गरेको छ । साउन २३ गते काठमाण्डौमा भएको साधारण सभाले ११ जना नयाँ सदस्यहरूलाई फाउण्डेसनमा नियुक्त गरेको सेभेन समिट फाउण्डेसनका संस्थापक अध्यक्ष आङ छिरिङ (एसी) शेर्पाले जानकारी दिए ।

सेभेन समिट फाउण्डेसनलाई दिगो र सक्रिय बनाउने उद्देश्यका साथ नयाँ सदस्य नियुक्त गरिएको उनको भनाई छ । फाउण्डेसनमा सल्लाहकारको रुपमा पूर्व मिस नेपाल शृंखला खतिवडा, अनुष्का श्रेष्ठ, प्रियंका रानी जोशी, श्री इच्छा प्रधान लगायत् गरि जम्मा १७ जनाको टिम रहेको छ ।

सेभेन समिट फाउण्डेसनले साधारण सभाको अवसरमा सन २०२२ का मिस नेपाल वल्र्ड प्रियङ्का रानी जोसीलाई ब्युटी विथ पर्पोज परियोजनाको लागि १५ लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको अध्यक्ष शेर्पाले जानकारी दिए ।

यस्तै साधारण सभाको अवसरमा फाउण्डेसनले उत्कृष्ट खेलाडीको रुपमा सुवास तामाङलाई एक लाख रुपैयाँ प्रदान गरेको छ । कार्यक्रम सेभेन समिट फाउण्डेसनका अध्यक्ष एसी शेर्पाको सभापतित्व एवं अमेरिकाका लागि पूर्व नेपाली राजदूत डा. अर्जुन कार्कीको प्रमुख आतिथ्यमामा सम्पन्न भएको थियो ।