कोरियन एम्बेस्डर ओपन तेक्वान्दोमा सोलुखुम्बुका १४ खेलाडी सहभागी हुने

सोलुखुम्बु । ११ औं कोरियन एम्बेस्डर ओपन तेक्वान्दो च्याम्पियनसीपमा सोलुखुम्बुको दुधकुण्ड तेक्वान्दो डोजाङका १४ खेलाडीले सहभागिता जनाउने भएका छन् । भदौ २७ गतेदेखि काठमाण्डौमा हुने देशभरी कै सबै उमेर समूहका खेलाडीहरुले सहभागिता जनाउने प्रतियोगितामा सोलुखुम्बुबाट संस्थागत रुपमा पहिलो पटक सहभागिता जनाउन लागिएको हो ।

दुधकुण्ड तेक्वान्दो डोजाङबाट जुनियर महिला तर्फ यु – ४२ केजी तर्फ श्रेया श्रेष्ठ र सन्ध्या राई, यु – ४४ केजी तर्फ जोली राई र कल्पना राई, यु – ४६ केजी तर्फ बिनिसा राई, यु – ४९ तर्फ युनिका तामाङ, जुनियर पुरुष अन्तरगत यु – ४५ केजी तर्फ सुबिन राई, कुसल मगर र यु – ४८ तर्फ चेतन श्रेष्ठ, फुरी शेर्पा, यु–५५ तर्फ बिजय तामाङ, यु – ६३ तर्फ अजय राई, यु–७३ तर्फ इसाक राई र सिनियर महिला तर्फ यु – ५३ तर्फ बैकुमारी राईको सहभागिता रहने जनाइएको छ । – solufm