पारस बने बागमति क्रिकेटको अध्यक्ष

काठमाडौं । नेपाल क्रिकेट संघ क्यान बागमति प्रदेश अध्यक्षमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का निर्वाचित भएका छन् ।

ललितपुरमा आज भएको निर्वाचनमा पारसले निकटम प्रतिस्पर्धी उमेश पियालाई ९ मतान्तरसहितले पराजित गरेका हुन् । ३७ जना प्रतिनिधि मध्य शत प्रतिशत मत खसेकोमा पारसले २३ मत प्राप्त गर्दा उमेशले १४ मात्र मत प्राप्त गरेका हुन् ।

No description available.उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री २३ मतका साथ निर्वाचित हुँदा रुपक रञ्जित १४ मतसहित निकतम प्रतिस्पर्धी भए ।

यसैगरी सचिवमा प्रशन्न शाक्य २३ मतसहित निर्वाचित हुँदा प्रज्वल सापकोटा १४ मतसहित निकटतम प्रतिस्पर्धी भए । यसैगरी कोषाध्यक्ष्मा सञ्जय बस्नेत २३ मतका साथ विजयी हुँदा विजय बोहोराले १४ मत प्राप्त गरे ।

यसैगरी महिला सदस्यामा निरा राजोपाध्याय बाहेक अरु १२ जनका लागि चुनाव भएको हो ।

सदस्यहरुमा अजयबीर पाण्डे, अनिल अधिकारी, सञ्जोग श्रेष्ठ, सुजन महर्जन, धीरज श्रेष्ठ, शेखर श्रेष्ठ र बसन्तराज सत्यालले समान २३–२३ मत प्राप्त गरेर निर्वाचित भए । यसैगरी पराजित भएका अनुजमान श्रेष्ठले १६ मत प्राप्त गर्दा अरु, अर्जुन केसी, सुरज ज्ञवाली, ध्रुव शर्मा, करण खतिवडा, सुरज सिलवाल, रामधन ढकाल र पारस अधिकारीले समान १४–१४ मतमात्रै प्राप्त गरे ।

असोज ५ र ६ गते काठमाडौंमा तय भएको केन्द्रीय महाधिवेशनका लागि सबै प्रदेशको निर्वाचन सम्पन्न भएको छ ।