दिप्लीघाट बेलिब्रिज तत्काल पुनर्निर्माण गर्न सांसद राईको माग

काठमाण्डौ । प्रतिनिधिसभा सदस्य माननीय मानविर राईले दिप्पलीघाट बेलिब्रिज तत्काल पुनः निर्माण गर्न माग गरेकाछन् । प्रतिनिधी सभाको आजको बैठकमा सांसद राईले पुनः निमार्णको माग गरेका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
भाद्र ७ र ८ गतेको अविरल बर्षाका कारण सोलुखुम्बुको दुधकोशी नदिमा आएको बाढी पहिरोका कारण दिप्लीघाटको बेलिब्रिज बगाउँदा सोताङ, महाकुलुङ गाउँपालिका नागरिकका साथमा पर्यटकहरु प्रभावित भएको भन्दै राईले प्रधानमन्त्री आपतकालिन कोषवाट तत्काल ब्रिज निर्माणको काम अघि बढाउन माग गरे ।

४ बर्ष अगाडी सोताङ गाउँपालिका, महाकुलुङ गाउँपालिका र प्रदेश सकारको सहयोगमा निमार्ण भएको ब्रिज बगाउँदा सगरमाथा क्षेत्र र मेरापिक क्षेत्रको पर्यटन समेत प्रभावित हुने सांसद राईले बताए ।

उनले सोलुखुम्बुमा भालु लगायत्को बन्यजन्तुका कारण नागरिक आक्रान्त भएको भन्दै भालुको आक्रमणवाट पीडित भएकाको उपचारमा ध्यान दिन र क्षतिपुर्ति उपलब्ध गराउन समेत राईको माग छ ।