कोशी प्रदेशसभाका पूर्व सदस्य अंसारीको निधन

विराटनगर : कोशी प्रदेशसभाका पूर्वसांसद हाजी ताहिर मियाँ अंसारीको निधन भएको छ । ८० वर्षको उमेरमा अंसारीको मंगलबार निधन भएको हो ।

केही वर्षदेखि मुटुको रोगबाट बिरामी रहेका उनको आफ्नै निवास हरिनगर गाउँपालिका–२ भुटाहामा निधन भएको हो । अंसारी २०७४ को निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ४ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका उनी सुनसरी क्षेत्र नं ५ का पूर्व क्षेत्रीय सभापति र भुटाहा गाविसका अध्यक्षसमेत भएका थिए ।

यस्तै उनको निधनमा हरिनगर र भोक्राहा नरसिंह गाउँपालिकाले बुधबार शोक बिदा दिने भएको छ ।