सोलु एफ.एम. २० औं बर्षमा प्रवेश

सामुदायिक रेडियो सोलु एफ.एम. १०१.२ मेर्गाहज प्रसारणको बिसौं बर्षमा प्रवेश गरेको छ । पूर्वी नेपालको पहिलो सामुदायिक रेडियोको रुपमा सोलुखुम्बुको पहिलो सामाजिक संस्था योङ्ग स्टार क्लवले वि.सं. २०६१ साल भदौ ११ गतेदेखि प्रसारणमा ल्याएको सोलु एफ.एम. शुरुवात्मा एक सय वाटको प्रसारण क्षमतासहित प्रसारणमा ल्याइएको थियो ।

सदरमुकाम सल्लेरी नजिकको दोर्पू बजारवाट प्रसारणमा आएको सोलु एफ.एम. शुरुवात्मा ८ घण्टाको प्रसारणवाट शुरु भएको थियो । सोलु एफ.एम. सूचना, शिक्षा र स्वस्थ मनोरञ्जनको मुल मर्म अनुरुप क्रियाशिल रहेको छ ।

वि.सं. २०६५ सालमा केरुङको पत्तालेस्थित थाले डाँडामा रिपिटर टावर स्थापना गरि ५ सय वाट को क्षमता सहित प्रसारण भएको सोलु एफ.एम. हाल १ हजार वाट को प्रसारण क्षमतासहित प्रसारणमा रहेको छ ।

टेलिफोन, बिजुली, टेलिभिजन, इन्टरनेटमा नागरिकको पहुँच अत्याधिक कम भएको अवस्थामा नागरिकमा सूचनाको पहुँच पुर्याउन स्थापना गरिएको अध्यक्ष बुद्धि नारायण श्रेष्ठ बताउनुहुन्छ ।

सोलु एफ.एम. २० औं बर्षमा प्रवेश गरेको सुखद अवसरमा सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले विज्ञप्ती जारी गर्दै सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । वहाले पत्रकारिताको निष्पक्षता र तटस्थताको मूलमन्त्रवाट कहिल्यै विमुख नहुने भन्दै सामुदायिक पत्रकारिताको धर्मलाई नबिर्सने बताउनु भएको छ । वहाले सोलु एफ.एम. पत्रकारितामा लागेकाहरुका लागि एउटा महत्वपूर्ण पाठशालाको रुपमा समेत स्थापित भएको भन्दै सोलु एफ.एम.वाट पत्रकारिता सिकेकाहरु आज महत्वपूर्ण स्थानमा कार्यरत रहेको बताउनुभएको छ ।

20 सोलु एफ.एम.को दार्पू बजारस्थित मुख्य स्टुडियोमा २०७७ फागुन १६ गते मध्यराती आगलागी हुँदा सम्पूर्ण उपकरणहरु जलेर नष्ट भएको थियो ।