पानीमुनिको अनौठो सांगीतिक कार्यक्रम…

अमेरिकामा एउटा यस्तो सांगितिक मेला हुन्छ सबै गायन तथा बाद्यवादन पानी मुनि गरिन्छ । हरेक वर्ष जुलाई महिनामा अमेरिकाको फ्लोरिडामा हुने किज अन्डरवाटर म्यूजिक फेस्टिबल २५ वर्षअघि सुरु भएको हो ।

सयौं संगीतप्रेमी तथा डाइभर्सलाई आकषिर्त गर्दै आएको यो संगीत मेला कार्यक्रममा छानिएका पुराना रेडियो संगीतका साथै सामुद्रिक थिममा आधारित गीतहरु पानीमुनि रहेको स्पीकरबाट लाइभ स्ट्रम गरिन्छ ।

उक्त कार्यक्रममा संगीतकार तथा स्थानीय कलाकारहरुले वाद्यवादन गर्दछन् । जसमा ट्रम बोनफिस, सी फ्यान बाँसुरी तथा फ्लुक ए लेले जस्ता वाद्ययन्त्र सामेल हुन्छन् ।

जाने से पहले समझें

अण्डरवाटर म्युजिक फेस्टिवलका संस्थापक, संयोजक तथा संगीत निर्देशकसमेत रहेका बिल बेकरले सबै सामुद्रिक थिमवाला संगीत छनोट गर्दछन् ।

दशर्कहरुले पानीभित्रबाट आइरहेका धुनहरुको पनि आनन्द लिन्छन् । किनकि कुनै पनि आवाज हावाको तुलनामा पानीमा ४.३ गुणा छिटो प्रसार हुन्छ । त्यसैले मानिसहरुले आवाजको त्यो अलौकिक अनुभूति गर्न पाउँछन् ।

संगीत फेस्टिबलमा पुग्न नपाएका मानिसहरुका लागि स्थानीय एक एफएममार्फत कार्यक्रमको प्रत्यक्ष प्रशारण गरिन्छ ।

उक्त संगीत मेलामा सहभागी हुन चाहने सुरुमै ठाउँ रिजर्भ गर्नुपर्दछ । साथै आम मानिसहरुले पनि वेबसाइटबाटै जानकारी हासिल गर्न सक्दछन् ।

प्रदूषण तथा जलवायु परिवर्तनका कारण नासिंदै गएको सामुद्रिक मुगाको सरक्षणमा जनचेतना जगाउने अभिप्रायका साथ यो संगीत मेलाको गर्ने गरिएको आयोजकको भनाइ छ ।

रेडियो पर भी चलता है लाइव

दर्शक उठाते हैं धुनों का आनंद