प्रथम योङ्ग स्टार ब्याडमिन्टन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण 

सोलुखुम्बु । प्रथम योङ्ग स्टार ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । असार २० गतेदेखि योङ्ग स्टार कभर्ड हलमा सञ्चालित प्रतियोगिता आज सम्पन्न भएको हो । ५ वटा विद्याका खेलहरू समावेश गरिएको प्रतियोगिताको १५ वर्षमुनिको इभेन्टसमा उदयपुर बेल्टारका जेनिस मगरले उपाधि हात पारेकाछन् । माप्य दुधकोशी गाउँपालिका सोलुखुम्बुका विप्लव राई द्वितीय, किलोन राई र युजिन राई तृतीय हुनुभएको क्लबका महासचिव मनोज श्रेष्ठले जानकारी दिए।

यस्तै महिला डबल इभेन्टसमा शोभा गुरुङ र संगिता तामाङ प्रथम भएका छन् भने रोजी राई र नुमा लिम्बुको जोडी द्वितीय भए । यस्तै टासी शेर्पा र कला राई साथै माया राई र पुष्पा मगरको जोडीले तृतीय स्थान प्राप्त गर्यो ।

भेट्रान तर्फको इभेन्टसमा राम राई र श्रवण चौधरीको जोडीले प्रथम स्थान ओगट्न सफल भएको छ भने नारायण गौतम र ल्हाक्पातेन्जी शेर्पाको जोडीले दोस्रो स्थान हासिल गरेको छ ।राजकुमार खत्री र दिपक राजभण्डारी साथै तुला मगर र निर्मल श्रेष्ठको जोडीले भेट्रान तर्फको इभेन्टसमा तृतीय स्थान ओगट्न सफल भएका छन् ।

खुला सोलुखुम्बु जिल्ला स्तरीय तर्फको इभेन्ट्समा फूर्वा ग्याल्जेन शेर्पा र रविन खत्रीको जोडीले सुवास थापा र सन्दिप राईको जोडीलाई पछि पार्दै प्रथम स्थान प्राप्त गरेको छ । सुवास थापा र सन्दिप राईको जोडीले खुला सोलुखुम्बु जिल्ला स्तरीय तर्फको इभेन्ट्समा द्वितीय स्थान हासिल गर्दा विज्ञान राई र किरण राई साथै तुला मगर र महेश भण्डारीको जोडीले तृतीय स्थान प्राप्त गर्यो ।

खुला पुरुष डबल, खुला महिला डबल, सोलुखुम्बु जिल्ला स्तरीय पुरुष डबल, खुला भेट्रान पुरुष डबल र १५ बर्ष मुनिको पुरुष सिंगल ब्याडमिन्टन प्रतियोगिता गरि ५ वटा विधाका खेलहरू समावेश गरिएको प्रतियोगितामा विभिन्न जिल्लाका १४२ जनाले सहभागिता जनाएका थिए । खुला पुरुष डबल र खुला महिला डबलमा प्रथम र द्वितीय हुनेलाई ३५ हजार र २० हजार नगद प्राप्त गरेकाछन् भने तृतीय हुने दुई जोडीले १०/१० हजार नगद पुरस्कार प्राप्त गरेकाछन् ।

यस्तै सोलुखुम्बु जिल्ला स्तरीय पुरुष र खुला भेट्रान पुरुष डबल ब्याडमिन्टनमा प्रथम र द्वितीय हुनेलाई २० हजार र १५ हजार नगद प्रदान गरिएको छ भने तृतीय हुने दुई जोडीलाई ५/५ हजार नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । अण्डर फिप्टीन पुरुष सिंगल ब्याडमिन्टनका प्रथम र द्वितीयले १५ हजार र ७ हजार नगद प्राप्त गर्दा तृतीय हुने दुई जनाले ३,५००/३,५०० नगद पुरस्कार प्राप्त गरेकाछन् ।

सबै विधाका विजेता खेलाडीहरूलाई ट्रफी, मेडल र प्रमाण पत्र पनि प्रदान गरिएको आयोजक योङ्ग स्टार क्लब सोलुखुम्बुले जनाएको छ । बिजेताहरूलाई सोलुदुधकुण्ड नगरपालिकाकी उपप्रमुख गान्धीमाया तामाङ, प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराई, क्लबका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए ।

प्रतियोगिताको अवसरमा सोलुखुम्बुका पुराना ब्याडमिन्टन खेलाडी बाबुराम श्रेष्ठलाई सम्मान समेत गरिएको थियो ।