जिमी राई उत्थान समाजद्वारा २ पत्रकार सहित ७ जना सम्मानित

सोलुखुम्बु । जिमी राई उत्थान समाजवाट दुई पत्रकार सम्मानित भएकाछन् । समाजले सोलु एफ.एम.की स्टेसन म्यानेजर एवं किरात राई पत्रकार संघ सोलुखुम्बुकी अध्यक्ष गार्डेन राई र पत्रकार मिलन राई नगदसहित सम्मानित भएका हुन् ।

जिमी राई उत्थान समाज सोलुको स्थापना दिवस एवं २५ वर्ष पूरा भएको अवसरमा शनिबार काठमाडौँमा आयोजित रजत वर्ष उत्सवको अवसरमा राईद्वय सम्मानित भएका हुन् । पत्रकारिताको माध्यमबाट समुदाय साथै जिल्लाबासीको तर्फबाट राष्ट्रमा महत्वपूर्ण योगदान पुर्याएकोले सम्मान गरिएको जिमी राई उत्थान समाजका केन्द्रिय महासचिव भोजानन्द राईले जानकारी दिए ।

जिमी राई उत्थान समाजको २५ औँ स्थापना दिवस तथा रजत वर्ष उत्सवको अवसरमा खेल क्षेत्रबाट राष्ट्रलाई नै प्रतिनिधित्व गर्दै महत्वपूर्ण योगदान पुर्याएकोमा अन्तराष्ट्रिय फुटबल खेलाडी प्रिती राई, बक्सिङ खेलाडी बिनिस राई समेत सम्मानित भएकाछन् ।

निजामति सरकारी कर्मचारी तर्फ नेपाल सरकारका उपसचिव योग्य प्रसाद राई, समाजशास्त्री आकृता राई, कम्प्युटर अधिकृत विकास राई पनि पुरस्कृत तथा सम्मानित भएकाछन् ।

कार्यक्रम जिमी राई उत्थान समाजका केन्द्रिय अध्यक्ष यस बहादुर राईको सभापतित्व एवं सोलुदुधकुण्ड नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत कोपिला राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।