नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं । एएफसी एसिया कप क्रिकेटको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ । बुधबार भएको खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको हो ।

मुल्तान स्टेडियममा पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १०४ रन बनायो ।

नेपालका लागि आरिफ शेख र सोमपाल कामीले समान २६–२६ रन बनाए । त्यस बाहेकका ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पाकिस्तानका लागि सादाब खानले सर्वाधिक चार विकेट लिए । त्यस्तै साहिनसा अफ्रिदी र हरिस राउफले समान दुई–दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४३ रन बनायो ।

पाकिस्तानका लागि बाबर आजमले शतकीय पारी खेले । उनले १३१ बल खेलेका बाबरले १४ चौका र ४ छक्काको सहयोगमा १५१ रन बनाए ।

त्यस्तै इस्तफिकरले १०९ रनको शतकीय पारी खेले । ७१ बल खेलेका उनले ११ चौका र ४ छक्का प्रहार गरे ।
पकिस्तानका मोहमद रिजवानले ४४ रन बनाउँदा फकर जमानले १४ रनको योगदान गरे ।

नेपालका लागि सोमपाल कामीले दुई विकेट लिए । त्यस्तै सन्दीप लामिछाने र करण केसीले एक एक विकेट लिए ।